काठमाडौँ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनावश्यक हर्न नबजाउन आग्रह गरेको छ ।
विगत केही समय देखि काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाई ध्वनी प्रदुषण बढेको जनगुनासो प्राप्त हुन आएको भन्दै लाखौँ सवारी साधन सञ्चालन हुने काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाउदा ध्वनी प्रदुषण भइ जेष्ठ नागरिक, बालबालकिका तथा सर्वसाधरणमा गम्भीर असर पर्ने भएको हुदा अत्यावश्यक तथा विशेष परिस्थितीमा बाहेक हर्न प्रयोग नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय हार्दिक अनुरोध गरेको छ ।
कार्यालयले हर्न बजाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ ९१० ३ बमोजिम ध्वनी प्रदुषण गर्न नहुने व्यवस्था बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-11
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
