काठमाडौँ । नेप्से परिसूचकमा आजपनि बढेको छ । आज नेप्से २५.८९ अंकले बढेर २७३१. ८० विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१२ कम्पनीका दुई करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज माई खोला हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ८.१५ प्रतिशतले बढेको छ भने मांडू हाइड्रोको सेयर मुल्य ६.७६ प्रतिशतले बढेको छ ।
त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.९२ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोको सेयर मुल्य ६.४७ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५७ करोड ५ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
