चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशुली नदीको किनारामा एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ४५-५० वर्षिय पुरुषको केही अंग नभएको शव रहेको भन्ने खबर पाउनासाथ मनसुजन्य विपद् प्रयोजनार्थ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश भालढुङ्गबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको छ ।
फेला परेका शवको भने पहिचान हुन सकेको छैन । शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
