काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समुहको भेला बोलाएका छन् । आफ्नो समुहका नेता कार्यकर्तालाई कारबाही गरेको भन्दै डा. कोइरालाले आफ्नो समुहका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।
कांग्रेसको अनुशासन समितिले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै १८ जना नेतालाई कारवाही गरेको थियो ।
यस विषयमा संस्थापन पक्षले आफ्नो समुहका नेताहरुलाई लक्षित गरेर कारबाही गरेको भन्दै कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा नेताहरू छलफलमा जुटेका हुन् । बैठकमा कोइराला पक्षका केन्द्रीय सदस्यहरु, केही सांसदसहित अन्य नेताहरु उपस्थित भएका छन् ।
अनुशासन समितिले तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई र पर्सा जिल्ला–१ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई एक बर्षको लागि निलम्बन गरेको छ ।
त्यस्तै धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव, धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका–१ का रामबावु यादव, मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव, कास्की जिल्ला–२ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलालीको धनगढी उपमहानगरपालिका–२ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका–१ का पूर्वमहासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका–२ का क्षेत्रीय प्रतिनिधि रवीन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका–१ का क्रियाशील सदस्य सुभाष चन्द र धनगढी उपमहानगरपालिका–५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई ६ महिनाका लागि तथा कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाका लागि निलम्बन गरिएको छ ।
कांग्रेसको अनुशासन समितिको संयोजकमा आनन्द ढुंगाना रहेका छन् भने सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइराला रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
