आईपीएलका कुन फ्रेन्चाइजीको ब्राण्ड भ्यालु कति छ ?

काठमाडौँ । आईपीएल २०२५ को विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले १८ बर्षपछि उपाधि जितेपछि ठूलो फाइदा उठाएको छ ।

आरसीबी टोली लिगको सबैभन्दा मूल्यवान फ्रेन्चाइजी बनेको छ । आरसीबीले यस मामिलामा चेन्नई सुपर किंग्सलाई उछिनेर शिर्ष स्थानमा उक्लिएको छ ।

होलिहान लोकीद्वारा गरिएको आईपीएल मूल्याङ्कन अध्ययन २०२५ अनुसार, दस आईपीएल फ्रेन्चाइजीहरूको संयुक्त ब्रान्ड मूल्य $१८.५ बिलियन डलर पुगेको छ ।

उपाधि जितेपछि आरसीबीको मूल्याङ्कन २६९ मिलियन डलर पुगेको छ र शिर्ष स्थानमा रहेको छ । आरसीबीको ब्राण्ड भ्यालु साढे १८ प्रतिशतले बढेको छ ।  

त्यस्तै अम्बानी परिवारद्वारा सञ्चालित मुम्बई इन्डियन्सको ब्रान्ड भ्यालु २४२ मिलियन डलर पुगेको छ, जसले गर्दा यो दोस्रो सबैभन्दा मूल्यवान फ्रेन्चाइजी बनेको छ । त्यस्तै मुम्बईको ब्रान्ड भ्यालु १८.६ प्रतिशतले बढेको छ ।

त्यस्तै चेन्नईको यस सिजनको आइपिएलमा राम्रो प्रदर्शन नभएको असर यसको ब्रान्ड भ्यालु समेत पुगेको छ । चेन्नई फ्रेन्चाइजीको ब्रान्ड मूल्य २३५ मिलियन डलर पुगेको छ । तेस्रो स्थानमा झरेपनी चेन्नईको ब्राण्ड भ्यालु ११.६ प्रतिशतले बढेको छ । 

त्यसैगरी शाहरुख खानको कोलकाता नाइट राइडर्स ब्रान्ड मूल्य २२७ मिलियन डलर पुगेको छ र चौथो स्थानमा छ । कोलकोताको यस बर्ष ब्राण्ड भ्यालु १९.२ प्रतिशतले बढेको छ ।

त्यसैगरि सनराइजर्स हैदराबादको ब्रान्ड भ्यालु १५४ मिलियन डलर पुगेको छ र पाँचौं स्थानमा छ । यस बर्ष सनराइजर्सको ब्राण्ड भ्यालु १९.४ प्रतिशतले बढेको छ । 

त्यस्तै दिल्ली क्यापिटल्सको ब्राण्ड भ्यालु १५० मिलियन डलर पुगेको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै यस बर्ष दिल्लीको ब्राण्ड भ्यालु १४.५ प्रतिशतले बढेको छ ।     

त्यसैगरी राजस्थान रोयल्सको ब्राण्ड भ्यालु १४७ मिलियन डलर पुगेको छ र यस सूचीमा सातौं स्थानमा रहेको छ । राजस्थानको यस बर्ष ब्राण्ड भ्यालु १६ प्रतिसतले बढेको छ । त्यस्तै गुजरात टाइटन्सको यस बर्ष ब्राण्ड भ्यालु १४५ मिलियन डलर पुगेको छ र आठौ स्थानमा रहेको छ । यस बर्ष गुजरातको ब्राण्ड भ्यालु १४.४ प्रतिसतले बढेको छ ।  

त्यसैगरी यस सिजनमा फाइनलमा पुगेको पञ्जाब किंग्सको ब्राण्ड भ्यालु १४१ मिलियन डलर पुगेको छ । हाल नवौं स्थानमा रहेको पञ्जावको यस बर्ष ३९.६ प्रतिशतले ब्राण्ड भ्यालु बढेको छ । त्यसैगरी लखनउ सुपर जाइन्टको ब्राण्ड भ्यालु १२८ मिलियन डलर पुगेको छ । दशौ स्थानमा रहेको लखनउको यस बर्ष ब्राण्ड भ्यालु १३ प्रतिशतले बढेको छ ।

pratikshya

प्रकाशित: २६ असार २०८२, बिहीबार १२:३६