धनुष सागरमा डुवेका व्यक्तिको सकुशल उद्धार

धनुषा । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–३ स्थित धनुष सागर पोखरीमा डुवेका व्यक्तिको असार २५ गते राती करीव १ बजे सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

सोही उपमहानगरपालिका–२५ लोहना बस्ने २० वर्षिय गणेश मण्डल राती पौने १ बजे उक्त पोखरीमा हामफाली डुवेका थिए ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो । 

pratikshya

प्रकाशित: २५ असार २०८२, बुधबार १४:४७