काठमाडौँ । लाइबेरियन झण्डा बोकेको कार्गो जहाज इटर्निटी सीमा यमनको तटमा लाल सागरमा आक्रमण भएको छ । सो घटनामा दुई चालक दलका सदस्यहरू मारिएका छन् ।
अन्तर्राष्ट्रिय समुद्री संगठनको लाइबेरियाको प्रतिनिधिले जहाजमाथि भयानक आक्रमण र दुई नाविक मारिएको बताएका छन् ।
बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सीले साना डुङ्गाहरूबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेडले जहाजलाई क्षति पुर्याएको थियो। आक्रमणपछि, जहाज समुद्रमा ढल्किएको छ ।
रोयटर्सका अनुसार, इटर्निटी सी जहाजमा कुल २२ जना चालक दलका सदस्यहरू छन्, जसमध्ये ११ जना फिलिपिन्सका र एक जना रूसका हुन् ।
अहिलेसम्म कुनै पनि समूहले यो आक्रमणको जिम्मेवारी लिएको छैन।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-09
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
