
काठमाडौँ । भारतको गुजरातको बडोदरामा पुल भत्किएको छ ।
पुलको एक भाग भत्किँदा चारवटा सवारी साधन नदीमा खसेका छन् भने प्रहरीले अहिलेसम्म चार जनालाई उद्धार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनामा दुई जनाको मृत्यु भएको छ भने हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।
बुधबार बिहान गुजरातको बडोदरा जिल्लामा पुलको एक भाग भत्किँदा कम्तीमा चारवटा सवारी साधन नदीमा खसेका थिए । राज्य राजमार्गको छेउमा रहेको महिसागर नदीमा रहेको गम्भीरा पुल बिहान ७:३० बजे भत्किएको थियो । जसका कारण चारवटा सवारी साधन नदीमा खसेका छन् । जसमा दुई ट्रक र दुई भ्यान नदीमा खसेका थिए । गम्भीरा पुल मध्य गुजरातको महत्त्वपूर्ण पुलहरू मध्ये एक हो । यसले मध्य गुजरातलाई सौराष्ट्रसँग जोड्छ ।
pratikshya
प्रकाशित: २५ असार २०८२, बुधबार १४:३३
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
