काठमाडौँ । भारतको गुजरातको बडोदरामा पुल भत्किएको छ ।
पुलको एक भाग भत्किँदा चारवटा सवारी साधन नदीमा खसेका छन् भने प्रहरीले अहिलेसम्म चार जनालाई उद्धार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनामा दुई जनाको मृत्यु भएको छ भने हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।
बुधबार बिहान गुजरातको बडोदरा जिल्लामा पुलको एक भाग भत्किँदा कम्तीमा चारवटा सवारी साधन नदीमा खसेका थिए । राज्य राजमार्गको छेउमा रहेको महिसागर नदीमा रहेको गम्भीरा पुल बिहान ७:३० बजे भत्किएको थियो । जसका कारण चारवटा सवारी साधन नदीमा खसेका छन् । जसमा दुई ट्रक र दुई भ्यान नदीमा खसेका थिए । गम्भीरा पुल मध्य गुजरातको महत्त्वपूर्ण पुलहरू मध्ये एक हो । यसले मध्य गुजरातलाई सौराष्ट्रसँग जोड्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
