नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ०.१४ अंकले घटेर  २६८३.८६ विन्दुमा कायम भएको छ । 

आजको कारोबारमा विभिन्न ३०४ कम्पनीका एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज बुटवल पावरको सेयर मुल्य सबैभन्दा बढी ८.२१ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोको सेयर मुल्य ६.९६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज रसुवागढी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ५.०८ प्रतिशतले घटेको छ ।  

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ५१ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

pratikshya

प्रकाशित: २४ असार २०८२, मंगलवार १५:५०