
काठमाडौँ । कुलिङ पिरियडमा भएको हेरफेर बारे छानबिन गर्न गठन भएको विशेष छानबिन समितिको बैठक शुरु भएको छ ।
संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा शुरु भएको हो ।
सोमबारको प्रतिनिधि सभाको बैठकले कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो ।
समितिमा काँग्रेसबाट परियारसहित सुशिला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।
pratikshya
प्रकाशित: २४ असार २०८२, मंगलवार १४:१३
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
