मोरङ । आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बस्ने ६९ वर्षीय टंक बहादुर बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंक बहादुरलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा टंक बहादुरले आपसी झै-झगडा तथा रिसिवीको कारण हसियाको बिड प्रहार गरी टिकामायाको हत्या गरेको खुल्न आएको छ ।
उनी उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-08
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
