रसुवा । बर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले कम्तिमा १२ जना बेपत्ता भएका छन् । प्रहरीको प्रारम्भिक जानकारी अनुसार तीन प्रहरीसहित १२ जना बेपत्ता भएको पाइएको छ । अहिले बेपत्ता हुनेको यकिन भैरहेको र उनीहरुको खोजी तथा उद्धारको काम शुरु गरिएको प्रहरी र रसुवा प्रशासनले जनाएको छ ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि चीनसँगको सम्पर्क टुटेको छ । गएराती करिब ३ः१५ बजे रसुवाको गोसाईकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरीपुल बगाएको हो ।
त्यसैगरी, टिमुरेस्थित सुख्खा बन्दरगाहमा पसेको बाढीले मालबाहक कन्टेनरसहित भन्सारमा राखिएका धेरै समान बगाएको भन्सार कार्यालयले जनाएको छ । अहिले रसुवा नाका अस्तव्यस्त रहेको छ । बाढीले कति क्षति भयो भन्ने यकिन गर्न अहिले मुश्किल रहेको प्रहरीले जनाएको छ ।
प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै भनेको छ( राती चीनबाट रसुवागढी नाका भई बग्ने भोटेकोशी नदीमा ठूलो मात्रामा बाढी आई नदीको सतह बढ्न गएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने सम्पूर्णमा आवश्यक सजगताका लागि अनुरोध गरिन्छ । साथै, उद्धार कार्यमा स्थानीय प्रशासन तदारुकताका साथ कृयाशील रहेको समेत जानकारी गराईन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
