काठमाडौँ । चिकित्सकहरुले आज बिहानदेखि सबै अस्पतालको सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघ, कार्यकारिणी समितिको आकस्मिक निर्णय भन्दै उनीहरुले इमर्जेन्सी सेवाबाहेक सबै सेवा स्थगित गरेर आन्दोलनमा उत्रिएका छन् ।
हालको विषम परिस्थितिमा चिकित्सकहरुलाई निरुत्साहित पार्ने काम भएको,असुरक्षित वातावरण सिर्जना गरिएको ठहर गर्दै नेपाल चिकित्सक संघले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ । संघले स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने र आगामी असार २४ गते मंगलबार मेडिकल काउन्सिलमा प्रमाणपत्र बुझाउने लगायतका कार्यक्रम तय गरेको छ । त्यस्तै संघले चिकित्सकहरुलाई हतोत्साहित पारिएको र असुरक्षाको वातावरण सिर्जना गर्ने कार्य भएको निष्कर्ष निकाल्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।
शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाइएको थियो भने हिजो सबै अस्पतालमा चिकित्सकहरुले एक घण्टा धर्ना दिएका थिए । उपभोक्ता अदालतका कारण मेडिकल क्षेत्र थप असुरक्षित भएको ठहरसहित संघको शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले आन्दोलनको कार्यक्रम तय गरेको थियो ।
आन्दोलनमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभीएमआईए, एनपीएचओ ऐक्यबद्धता जनाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-07
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
