काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला-७ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र दर्शन एण्ड दिग्दर्शन निर्माण सेवाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरिएको छ ।
अख्तियारले अनुसन्धानको क्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवाको मिलोमतोमा विद्यालयको रिटेनिङ पर्खाल निर्माणको क्रममा २९ लाख ६० हजार ६९२ अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
अख्तियारको अनुसन्धानमा विद्यालयको रिटेनिङ पर्खाल निर्माणका अलागी इ(विड मार्फत बोलपत्र आव्हान गरी, बोलपत्र कागजात तयार तथा मूल्याङ्कन गर्दा साइट भिजिटलाई थप अनिवार्य शर्त राखी सोही आधारमा बोलपत्रको मूल्याङ्कन गरेको, सार्वजनिक खरिद ऐन, नियम तथा शिक्षा ऐन, नियमको मर्म विपरीत सम्बन्धित विद्यालयमै कार्यरत शिक्षिकाको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई छनौट गरेर विद्यालयलाई २९ लाख ६ण् हजार ६९२ नोक्सानी पुर्याएको आरोपमा मुद्धा दायर गरको जनाएको छ ।
मुद्दा दायर हुनेमा अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकाया, सहायक शिक्षक हृदय नारायण साह, सहायक शिक्षक जयबहादुर ठकुल्ला र इन्जिनियर देवराज रावत, विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य तथा मुड्केचुला गाउँपालिका, वडा(७ का वडाध्यक्ष दत्त बहादुर बुढा र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु दुर्गा देवी लामा, अशोक रोकाया, कबिता बुढा ९ठकुल्ला०, रूपा रोकाया, पृथि ठकुल्ला, धन बहादुर कामी र नारायणी ठकुल्ला
अन्नपूर्ण माध्यामिक विद्यालयका शिक्षिका तथा दर्शन एण्ड दिग्दर्शन निर्माण सेवाका प्रोप्राइटर उषा कुमारी सिंह र दर्शन एण्ड दिग्दर्शन निर्माण सेवा रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-07
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
