काठमाडौँ । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण अहिलेसम्म ४३ जनाको मृत्यु भएको र ३७ जना बेपत्ता भएको छ ।
हिमाचल प्रदेशको विपद व्यवस्थापन विभागले प्रदेशमा जुन १९ मा मनसुन आएसँगै त्यसपछि निरन्तर वर्षा र धेरै ठाउँमा बादल फाटेर धेरै क्षति भएको जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
त्यस्तै मनसुनको समयमा सडक दुर्घटनाका कारण २६ जनाको मृत्यु पनि भएको बताइएको छ । हिमाचल प्रदेशमा बर्षका कारण ५०० करोड भन्दा बढीको सम्पत्तिमा क्षति पुगेको छ ।
वर्षाले हिमाचलको मन्डी जिल्लालाई सबैभन्दा बढी असर गरेको छ । यस जिल्लामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ र ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्यास नदी बाढी आएको छ। यसैबीच, भारत मौसम विज्ञान विभागले जुलाई ७ सम्मको लागि अलर्ट जारी गरेको छ ।
बर्षा र पहिरोले प्रदेशमा अहिलेसम २४५ सडक, ४०४ विद्युत ट्रान्स
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-04
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
