प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी रविन्द्र खत्रीलाई प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

पदोन्नतिसँगै उपरथी खत्री उपत्यका पृतना हेड क्वाटरको पृतनापतिमा नियुक्त भएको नेपाली सेनाले जनाएको छ । 

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दको परिवारजनको उपस्थिति थियो ।

Sudina Shrestha

प्रकाशित: २० असार २०८२, शुक्रबार १४:१४