
जनकपुरधाम । धनुषाको दुहबीमा तस्कर र सशस्त्र प्रहरीबीच गएराति झडप भएको छ । सशस्त्र प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा भिडन्त भएको हो ।
आत्मरक्षाका लागि सशस्त्र प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ । सो क्रममा केही सशस्त्र प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीका एसपी निर्मल खड्काका अनुसार तस्करी गरी ल्याइएको समान नियन्त्रणमा लिन दुहबीस्थित एक घरमा छापा मार्न पुग्दा स्थानीयले आक्रमण गरेका थिए । स्थिति नियन्त्रणमा लिन १२ सेल अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको उनले बताए ।
एसपी खड्काका अनुसार आक्रमणमा ६ जना प्रहरी घाइते भएका छन् । उनीहरू जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत रहेको बताइएको छ । स्थानीयले तस्करलाई सघाएपछि सशस्त्र प्रहरीले तस्कर र तस्करीको समान समात्न असफल भए । एसपी खड्काले तस्करीको समान नियन्त्रणमा लिने स्थिति नरहेपछि फर्किनुपरेको बताए ।
दुहबी भारतीय सीमा क्षेत्र (दसगजा)मै जोडिएको छ । यो नाकाबाट तस्करी नियन्त्रणमा पुग्ने प्रहरीमाथि यसअघि पनि पटक–पटक आक्रमण भएको छ ।
Sudina Shrestha
प्रकाशित: २० असार २०८२, शुक्रबार १२:२४
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
