काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्ना सहकर्मी खेलाडी डियोगो जोटाको दुर्घटनामा भएको मृत्युप्रति दुख व्यक्त गरेका छन् । रोनाल्डोले सामाजिक सञ्जालमा लेख्दै हालै राष्ट्रिय टिमका लागि खेलेको उल्लेख गर्दै जोटासधै आफुहरुको सम्झनामा हुने बताएका छन् ।
रोनाल्डोले भनेका छन्– ‘यसको कुनै अर्थ छैन ! भर्खरै हामी राष्ट्रिय टोलीमा सँगै थियौं, भर्खरै तिम्रो विवाह भएको थियो । तिम्रो परिवार, तिम्री श्रीमती र तिम्रा छोराछोरीप्रति म मेरो समवेदना व्यक्त गर्दछु र उनीहरूलाई संसारको सबै शक्तिको कामना गर्दछु । मलाई थाहा छ, तिमी सधैं उनीहरूसँगै हुनेछौ । शान्तिमा रहोस्, डियोगो र आन्द्रे । हामी सबैले तिमीलाई सम्झनेछौं ।’
जोटा दाजुभाईको विहिबार स्पेनमा कार दुर्घटनामा मृत्यु भएपछि विश्वभरका फुटबल फ्यान स्तब्ध भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-04
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
