
काठमाडौँ । पत्रकार दिलभूषण पाठकलाई काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । साइबर क्राइमको मुद्दामा न्यायाधीश खेमराज भट्टको एकल इजलासले पाठकलाई २५ हजार धरौटीमा हिरा गर्न आदेश दिएको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको थियो ।
निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर युट्युबमा सामग्री प्रसारण गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।
Sudina Shrestha
प्रकाशित: २० असार २०८२, शुक्रबार ०९:२३
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
