सुदूरपश्चिमका मन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलवहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन् । बिहिवार मुख्यमन्त्री शाहले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री शाहले आज मन्त्रीपरिषद् हेरफेर भएको जानकारी गराएका छन् । केहि समयअघि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए । मन्त्री चौधरीले आफूले राजीनामा दिनुको कारण मुख्यमन्त्री खुलाउनु पर्ने नभए बर्खास्त गर्न चुनौती दिएका थिए ।

Sudina Shrestha

प्रकाशित: २० असार २०८२, शुक्रबार ०९:२१