नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा कायम भएको छ । 

आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर ९ अर्ब ६४ करोड ५५ लाख ५० हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज नेपाल फाइनान्सको सेयर मुल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको सेयर मुल्य ७.१७ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज गुँरास लघुवित्तको सेयर मुल्य ९.९५ प्रतिशतले घटेको छ ।  

आज सबै भन्दा बढी कारोबार बुटवल पावर लिमिटेडको ३१ करोड ६८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Single Image

pratikshya

प्रकाशित: १९ असार २०८२, बिहीबार १५:४५