
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर डियोगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ ।
स्पेनी समाचार एजेन्सी इएफएका अनुसार २८ वर्षीय जोटाको उत्तरपश्चिमी स्पेनको जामोरा नजिकै भएको दुर्घटनामा मृत्यु भएको हो ।
रिपोर्टका अनुसार दुर्घटनामा उनका भाइ आन्द्रेको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १२: ४० बजे भएको थियो, जब उनीहरु चढेको कार सडकमा दुर्घटनाग्रस्त भयो र आगो लाग्यो । जोटाले विवाह गरेको १० दिनपछि मात्र दुर्घटनामा मृत्यु भएको छ ।
उनी व्यावसायिक रुपमा लिभरपुलबाटखेलिरहेका थिए । जोटाले सेप्टेम्बर २०२० मा वोल्भरह्याम्प्टन वान्डरर्सबाट लिभरपुलमा आवद्ध भएका थिए । उनले लिभरपुलका लागि १८२ खेलमा ६५ गोल गरेका थिए ।
उनका भाइ, २६ वर्षीय आन्द्रे पनि फुटबलर नै थिए । उनले पोर्चुगिज दोस्रो डिभिजन क्लब पेनाफिलबाट खेलिरहेका थिए ।
pratikshya
प्रकाशित: १९ असार २०८२, बिहीबार १५:०८
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
