
काठमाडौँ । जापानमा दुई साताको अवधिमा ९०० भन्दा बढी भूकम्प आएको बताइएको छ ।
दक्षिणी जापानका दुर्गम र कम जनसंख्या भएका टापुहरूमा विगत दुई हप्तामा ९०० भन्दा बढी भूकम्प महसुस गरिएका छन्, जसले गर्दा यस क्षेत्रका मानिसहरू चिन्तित र रातमा जागा रहन बाध्य छन् ।
बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि, अधिकारीहरूले जुन २१ देखि टोकारा टापुहरू वरपरको समुद्रमा भूकम्पीय गतिविधि ‘धेरै सक्रिय’ रहेको बताएका छन् ।
अधिकारीहरूले हाल कतै पनि कुनै क्षतिको रिपोर्ट आएको छैन र सुनामी चेतावनी जारी गरिएको छैन, तर आवश्यक परेमा मानिसहरूलाई तयार रहन भनिएको छ । एक स्थानीय बासिन्दाले रातमा यहाँ सुत्नु धेरै डरलाग्दो भएको र घर सधैं हल्लिरहेको बताएका छन् ।
जापान संसारको सबैभन्दा भूकम्पीय रूपमा सक्रिय देशहरू मध्ये एक हो । यहाँ हरेक वर्ष लगभग १५ सय भूकम्प आउने गरेका छन् ।
pratikshya
प्रकाशित: १९ असार २०८२, बिहीबार १३:४७
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
