काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण नसोधिएको स्पष्ट गरेकी छन् ।
पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला वरिष्ठ पदाधिकारीले चलाएको भन्दै त्यसमा सत्यता नभएको बताएकी हुन् ।
उनले भनिन्- ‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ । मलाई त सोधिएको छैन । टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिए । १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर पार्टीले निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरुलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।’
एकीकृत समाजवादीको अहिले सचिवालय बैठक शुरु भएको छ । आजको बैठकमा अध्यक्ष नेपालविरुद्ध दायर भएको मुद्धा र झाँक्रीको टिप्पणीको बारेमा छलफल हुने बताइएको छ ।
झाक्रीले गत शनिबार रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालमाथि मुद्दा लागेपछि ‘मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने’ अभिव्यक्ति दिएकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
