
काठमाडौँ । बलिउड सुपरस्टार दीपिका पादुकोणलाई हलिउडको प्रतिष्ठित ‘वाक अफ फेम’ सूचीमा समावेश गरिएको छ । दीपिका यो सम्मान पाउने अहिलेसम्मकी पहिलो भारतीय अभिनेत्री बनेकी छन् ।
२०२६ को लागि घोषणा गरिएको ‘हलिउड वाक अफ फेम’ को सूचीमा, दीपिका फिल्मको श्रेणीमा छनोट भएका ३५ दिग्गजहरूमा परेकी हुन् । यस प्रतिष्ठित सूचीमा दिपीकासँगै हलिउड सुपरस्टार एमिली ब्लन्ट, टिमोथी चालमेट, क्रिस कोलम्बस, मारियन कोटिलार्ड, किथ डेभिड, रामी मलेक,
राहेल म्याकएडम्स, डेमी मूर, फ्रान्को नेरो, मल्ली रिंगवाल्ड स्टेनली टुची, कार्लो रम्बोल्डी र टोनी स्कट रहेका छन् ।
दीपिका पादुकोणले आलिया भट्ट, रश्मिका मन्दाना र कियारा आडवाणी जस्ता नयाँ पुस्ताका अभिनेत्रीहरूलाई मात्र पछाडि पारेकी छैनन्, तर प्रियंका चोपडा जस्ता विश्वव्यापी रूपमा स्थापित स्टारहरूलाई पछि पारेकी छन् ।
दीपिकाले आफूलाई बलिउडमा मात्र सीमित राखिनन्। उनले ‘ट्रिपल एक्स: रिटर्न अफ जेन्डर केज’ जस्तो फिल्मबाट हलिउडमा प्रवेश गरिन् र त्यहाँ पनि आफ्नो अभिनय क्षमता प्रमाणित गरिन् । अब वाक अफ फेमको हिस्सा बनेर उनले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएकी छिन् ।
२०१८ मा, टाइम पत्रिकाले दीपिकालाई विश्वका १०० प्रभावशाली व्यक्तित्वहरूमा समावेश गरेको थियो । यसपछि, उनले टाइम १०० इम्प्याक्ट अवार्ड र फिफा विश्वकप २०२२ को फाइनलमा ट्रफी अनावरण गर्ने अवसर प्राप्त गरेकी थिइन् ।
दीपिकालाई अन्तर्राष्ट्रिय फेसन ब्रान्डहरूले पनि प्रशंसा गरेका छन् । उनी लुइस भिटन र कार्टियर जस्ता लक्जरी ब्रान्डहरूको अनुहार बनेकी छिन् । दीपिकासँग हाल एटलीद्वारा निर्देशित फिल्म सहित धेरै ठूला बलिउड परियोजनाहरू छन् । यस बाहेक, उनी आफ्नो निर्माण कम्पनी मार्फत नयाँ परियोजनाहरूमा पनि काम गरिरहेको बताइएको छ ।
pratikshya
प्रकाशित: १९ असार २०८२, बिहीबार १२:३३
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
