एकीकृत समाजवादीको सचिवालयको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठक आज बस्दैछ । विहान ११ बजे बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको विषयमा छलफल हुने बताइएको छ । 

त्यसैगरी आजको बैठकमा नेतृ रामकुमारी झाँक्रीले नेपालमाथि गरेको टिप्पणी र उनलाई पार्टीले सोधेको स्पष्टीकरणका बारेमा पनि छलफल हुने एक सचिवालय सदस्यले एभरेष्ट न्यूज एजेन्सीलाई बताए । 

झाँक्रीले नेपालमाथि मुद्दा लागेपछि ‘मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने’ अभिव्यक्ति दिएकी थिइन् । 

pratikshya

प्रकाशित: १९ असार २०८२, बिहीबार १२:३१