
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसियलमा लेख्दै बैंकका प्रमुख पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्- ‘धेरै ढिलो भयो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ !’ ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्षको रूपमा मनोनित गरेका थिए । ट्रम्पले ब्याजदर कटौती नगरेकोमा पावेलको बारम्बार आलोचना गरेका छन् ।
राष्ट्रपति ट्रम्पसँग उनलाई पदबाट हटाउने शक्ति छ कि छैन भन्ने कुरा स्पष्ट छैन । पावेलको निरन्तर आलोचनाको बाबजुद, राष्ट्रपतिले यस वर्षको सुरुमा पावरलाई बर्खास्त गर्ने उनको कुनै मनसाय नरहेको बताएका थिए ।
ट्रम्प आर्थिक वृद्धि बढाउन फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउन चाहन्छन् । अर्कोतर्फ, पावेलले ट्रम्पको ट्यारिफ नीतिहरूले अर्थतन्त्रलाई असर नगरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुने थियो भन्ने प्रतिक्रिया दिएका थिए ।
pratikshya
प्रकाशित: १९ असार २०८२, बिहीबार १२:३०
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
