
काठमाडौँ । बर्षापछि आएको पहिरोका कारण रसुवा, रुकुम पश्चिम र बझाङको सडक अवरुद्ध भएको छ ।
बुधबार बिहान रसुवाको उत्तरगया-५ नं.५ पालेवनस्थित पासाङ ल्हामु सडक खण्डमा अबिरल बर्षाको कारण सडकमाथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।
त्यस्तै रुकुम पश्चिमको चौरजहारी- ८ स्थित कालेखोला पुल नजिकै माथिबाट पहिरो आई मध्य पहाडी लोक मार्ग सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
साथै बझाङको जयपृथ्वी- ७ माल्लाभिर स्थित जयपृथ्वी राजमार्ग मा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो खसी राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ । प्रहरीले राजमार्ग खुलाउने आवश्यक पहल भईरहेको जानकारी दिएको छ ।
pratikshya
प्रकाशित: १९ असार २०८२, बिहीबार १२:३०
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
