
काठमाडौँ । बलिवुड अभिनेता सुनील शेट्टीले फिल्म हेरा फेरी- ३ मा परेश रावलको पुनरागमनको बारेमा टिप्पणी गर्दै फाइन ट्युनिङ गरिएको बताएका छन् ।
एक अन्तर्वार्तामा सुनीलले खुशी व्यक्त गर्दै फाइन ट्युनिङ भएको बताए । उनले यो बलिवुडको एउटा यस्तो फिल्म हो, जुन हेर्न शुरु गरेपछि कुनै तनाव लिनु पर्दैन भन्दै फिल्मको रिलिज बारे भने कुरा गर्न अस्वीकार गरे । उनले अब यस फिल्मको बारेमा सिधै रिलिजको समयमा कुरा गर्ने बताए ।
परेश रावलले फिल्म छोडेपछि सुनिलले कडा प्रतिक्रिया दिदै उनी बिना योफिल्म बन्ने नसक्ने बताएका थिए ।
गत मे महिनामा, परेश रावलले पहिलो पटक यस फिल्मलाई छोड्ने घोषणा गरेका थिए । यो खबरबाट फ्यानहरू निराश भएका थिए, तर हालै परेश रावलले हेरा फेरी ३ को विवाद समाप्त गर्दै फिल्ममा आफ्नो पुनरागमनको पुष्टि गरेका छन् ।
सुनिल शेट्टी, परेश रावल र अक्षयकुमारको प्रमुख भूमिका रहने यो फिल्मको २०२६ को बिचमा शुटिंग सकेर २०२७ को शुरुमा रिलिज हुने बताइएको छ ।
pratikshya
प्रकाशित: १९ असार २०८२, बिहीबार १२:२२
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
