काठमाडौं । उज्बेकिस्तानले जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा लाओसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा उज्बेकिस्तानले लाओसलाई ७–० गोल अन्तरले पराजित गरेको हो । यो उज्बेकिस्तानको लगातार दोस्रो जित हो भने लाओसको लगातार दोस्रो हार हो ।
उज्बेकिस्तानको यो जितपछि समुह एफ भने रोचक बनेको छ र नेपाललाई केहि फाइदा भएको छ । समुह एफ मा नेपाल र उज्बेकिस्तानको २(२ खेलमा ६–६ अंक भएको छ । रोचक कुरा नेपाल र उज्बेकिस्तानले दुवै खेलमा १७–१७ गोल गरेका छन र दुवैले कुनै गोल खाएका छैनन् । दुवैको गोल अन्तर १७–१७ नै रहेको छ ।
अब शनिबार हुने नेपाल र उज्बेकिस्तानबीचको खेल निर्णायक हुने भएको छ । दुवैका लागि यो खेलको जित आवश्यक भएको छ । फाइनल जस्तै भएको यस खेलको विजेता देश अर्को बर्ष अस्ट्रेलियामा हुने एफसी महिला एसियन कपका लागि छनौट हुने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
