महिला एसियन कप छनोटः नेपाल र उज्बेकिस्तानको अंक र गोल दुवै बराबर

काठमाडौं । उज्बेकिस्तानले जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा लाओसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा उज्बेकिस्तानले लाओसलाई ७–० गोल अन्तरले पराजित गरेको हो । यो उज्बेकिस्तानको लगातार दोस्रो जित हो भने लाओसको लगातार दोस्रो हार हो ।

उज्बेकिस्तानको यो जितपछि समुह एफ भने रोचक बनेको छ र नेपाललाई केहि फाइदा भएको छ । समुह एफ मा नेपाल र उज्बेकिस्तानको २(२ खेलमा ६–६ अंक भएको छ । रोचक कुरा नेपाल र उज्बेकिस्तानले दुवै खेलमा १७–१७ गोल गरेका छन र दुवैले कुनै गोल खाएका छैनन् । दुवैको गोल अन्तर १७–१७ नै रहेको छ ।

अब शनिबार हुने नेपाल र उज्बेकिस्तानबीचको खेल निर्णायक हुने भएको छ । दुवैका लागि यो खेलको जित आवश्यक भएको छ । फाइनल जस्तै भएको यस खेलको विजेता देश अर्को बर्ष अस्ट्रेलियामा हुने एफसी महिला एसियन कपका लागि छनौट हुने छ ।

Sudina Shrestha

प्रकाशित: १९ असार २०८२, बिहीबार ०८:५४