
काठमाडौँ । एसिया कप क्रिकेट आगामी सेप्टेम्बर ५ बाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने रिपोर्ट सार्बजनिक भएको छ ।
समूह चरण र सुपर-४ ढाँचा अन्तर्गत, एसिया कपमा भारत र पाकिस्तान बीचको पहिलो खेल सेप्टेम्बर ७ मा खेलिने बताइएको छ । यदि दुवै टोली सुपर-४ मा पुगे भने, उनीहरूको दोस्रो भिडन्त सेप्टेम्बर १४ मा हुन सक्छ । टाइम्स अफ इन्डियाले प्रतियोगिताको फाइनल सेप्टेम्बर २१ मा खेलिने उल्लेख गरको छ ।
यसअघि भारतले एसिया कपको आयोजक रहेको थियो । मिडिया रिपोर्टका अनुसार, भारत र पाकिस्तान बीचको तनावका कारण युएईलाई प्रतियोगिता आयोजना गर्न भनिएको छ । यस १७ दिने प्रतियोगितामा ६ टोलीले भाग लिनेछन्। यसअघि एसियाली क्रिकेट परिषद्ले आगामी ३ एसिया कप चक्रको बारेमा पनि बताएको छ । २०२७ मा, यो प्रतियोगिता पाकिस्तानमा एकदिवसीय ढाँचामा खेलिनेछ । बंगलादेशले २०२९ मा र श्रीलंकाले २०३१ मा आयोजना गर्नेछ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड र पाकिस्तान क्रिकेट बोर्डले आ-आफ्ना सरकारहरूबाट प्रतियोगिता खेल्न लगभग स्वीकृति पाइसकेको रिपोर्टमा दाबी गरिएको छ । प्रतियोगिताको आधिकारिक प्रसारक सोनी स्पोर्ट्सले प्रचारात्मक पोस्टर पनि जारी गरेको छ ।
प्रतियोगिता टी-२० ढाँचामा खेलाइनेछ र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र युएईले भाग लिनेछन् ।
pratikshya
प्रकाशित: १८ असार २०८२, बुधबार १४:४२
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु

एकीकृत समाजवादीको सचिवालय बैठक असार २२ गतेसम्मका लागि स्थगित

श्रीमतीको हत्या गरेको अभियोगमा बाराबाट एक जना पक्राउ
एसीसी यू-१६ इस्ट जोनको फाइनलमा नेपाल र सिंगापुर भिड्ने

जापानका टापुमा दुई सातामा ९०० भन्दा बढी भूकम्प
