काठमाडौँ । रुसको इजेभ्स्क शहरमा युक्रेनले ड्रोन आक्रमण गरेको छ ।
इजेभ्स्क शहरको एक कारखानामा युक्रेनी आक्रमणमा तीन जनाको मृत्यु भएको र ४५ जना घाइते भएको रुसी मिडियाले जनाएका छन् ।
गभर्नर अलेक्जेन्डर ब्रेचालोभले घाइतेमध्ये छ जना गम्भीर घाइते भएको बताए । उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणको बारेमा जानकारी गराएको र सो क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको बताए ।
ड्रोनहरूले कुपोल इलेक्ट्रोमेकानिकल प्लान्टलाई लक्षित गरेको बताइएको छ । यो एक सैन्य कारखाना हो, जसले सतहबाट हावामा प्रहार गर्ने टोर मिसाइल प्रणाली र राडार स्टेशनहरू उत्पादन गर्दछ ।
युक्रेनी मिडियाका अनुसार, प्लान्टले ओसा वायु रक्षा प्रणालीको उत्पादनमा पनि विशेषज्ञता राख्छ । यसले धेरै ड्रोनहरू पनि विकास गरेको छ । एक युक्रेनी अधिकारीले युक्रेनको सुरक्षा सेवाका दुई ड्रोनहरूले लगभग १३ सय किलोमिटर टाढा अवस्थित कुपोल प्लान्टमा आक्रमण गरेको विविसीले उल्लेख गरेको छ ।
नोभेम्बर २०२४ पछि कुपोल कारखानामा यो दोस्रो युक्रेनी ड्रोन आक्रमण हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
