
काठमाडौं । निजामती सेवा विधेयक राष्ट्रिय सभामा टेबल भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले निजामती सेवा विधेयक टेबल गरेका हुन् । आइतबार उक्त विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो ।
संसदीय समितिमा लामो छलफलपछि संघीय निजामती विधेयक समितिबाट पारित भएको विधेयकमा हेराफेरी गरेर प्रतिनिधिसभाबाट पारित भएको विषय अहिले विवादित रहेको छ ।
राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि वा राजीनामा दिएपछि दुई वर्षसम्म कुनै संवैधानिक वा सरकारी नियुक्ति नपाउने समितिले निर्णय गरेको थियो । सोही निर्णयअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो। तर, त्यसलाई परिवर्तन गरी अर्को नियुक्ति पाउन सक्ने दफा समावेश गरिएको विषय अहिले विवादित रहेको छ ।
निजामती सेवासम्बन्धी विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा जालझेल गरिएको भन्दै राज्यव्यवस्था समितिका सभापति र समितिका सचिवमाथि दबाब बढेको छ ।
pratikshya
प्रकाशित: १८ असार २०८२, बुधबार १४:३७
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
