काठमाडौँ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘बिग ब्युटिफुल बिल’ सिनेटबाट पारित भएको छ ।
सिनेटमा भएको मतदानमा ५०-५० मत परेपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मतदान गरेर बिल पारित भएको सिएनएनले उल्लेख गरेको छ ।
सिनेटबाट पारित भएको यो बिल अब तल्लो सदनमा जाने छ । तल्लो सदनमा यस बिलको चर्को विरोध भइरहेको छ । यस बिलको पहिलेको संस्करणलाई तल्लो सदनले केवल एक मतले पारित गरेको थियो ।
ट्रम्पले रिपब्लिकन-नियन्त्रित कांग्रेसलाई कानूनमा हस्ताक्षर गर्न विधेयकको अन्तिम संस्करण पठाउन जुलाई ४ सम्मको समयसीमा दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार तल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत भएपनि यस बिलमा सिनेटले गरेका परिवर्तनप्रति रिपब्लिकन सांसदहरु असन्तुष्ट रहेका छन् ।
त्यस्तै यस बिलको विरोधमा विश्वकै धनि व्यापारी एलन मस्क पनि लागिरहेका छन् । मस्कले खुला रुपमा यस बिलको समर्थन गर्ने सांसदहरुलाई आगामी निर्वाचनमा हराइदिने चेतावनी दिएका छन् । उनले यस बिलले अमेरिकालाई ‘बैंक करप्ट’ बनाउने दाबि गरेका छन् । यस बिलले इलेक्ट्रोनिक सवारी साधनको उत्पादनमा अमेरिकी सरकारले गर्दै आएको सहयोगमा ठुलो कटौती गरेको छ र यसको सिधा असर मस्कको टेस्ला कम्पनीलाई पर्ने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
