बझाङको जयपृथ्वी र रसुवाको पासाङ ल्हामु राजमार्ग अवरुद्ध

काठमाडौँ । बझाङको  जयपृथ्वी राजमार्ग र रसुवाको पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरीका अनुसार बुधबार बिहान बझाङको जयपृथ्वी-७ तमैलस्थित जयपृथ्वी राजमार्गमा राति देखि परेको अबिरल बर्षाका कारण सडकमाथिबाट पहिरो खसी राजमार्ग अवरोध भएको हो । प्रहरीले अवरोध खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

त्यस्तै बुधबार बिहान रसुवाको गोसाईकुण्ड-२ तातोपानी  डाँडा र वालुवा खानिमा माथिबाट पहिरो झरी पासाङ ल्हामु राजमार्ग  पूर्णरुपमा अबरोध भएको छ । 

pratikshya

प्रकाशित: १८ असार २०८२, बुधबार १२:३१