एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी युमन्स एसिया कप क्वालिफायर्स अन्तर्गत श्रीलंकाको सामना गर्दैछ । उज्बेकिस्तानको राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ६स् १५ बजेदेखि शुरु हुदैछ ।

फिफा वरियतामा श्रीलंका नेपालभन्दा धेरै पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा रहेको छ ।

यस छनौट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा लाओसविरुद्ध ९–० गोल अन्तरको जित हासिल गरेर शानदार शुरुवात गरेको छ । त्यस्तै श्रीलंकाले भने आफ्नो पहिलो खेल उज्बेक्स्तानसँग १०–० ले हारेको थियो ।

आजै यस समुहको उन्बेकिस्तान र लाओसबीच पनि खेल हुदैछ । यस प्रतियोगितामा नेपालले आजको खेलपछि जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

Sudina Shrestha

प्रकाशित: १८ असार २०८२, बुधबार ०९:०९