काठमाडौँ । जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको छ । नकआउट चरणका खेल सकिएसँगै १६ मध्ये ८ क्लब क्वाटरफाइनलमा पुगेका छन् भने ८ क्लब बाहिरिएका छन् ।
क्वाटरफाइनलमा पुग्ने क्लबमा ब्राजिलका फ्लुमिनेन्स र पाल्मिरास, साउदी क्लब अल हिलाल, चेल्सी, बायर्न म्युनिख, पीएसजी, रियल म्याड्रिड र बोरुसिया डोर्टमण्ड क्वाटरफाइनलमा पुगेका छन् ।
त्यस्तै म्यानचेस्टर सिटी, इन्टर मिलान, फ्लामेन्गो, इन्टर मियामी, बेनिफिका, वोटाफोगो, युभेन्टस र मोन्टेरी क्लब बाहिरिएका छन् । अब क्वाटरफाइनलमा फ्लुमिनेन्स र अल हिलाल, पाल्मिरास र चेल्सी, पिएसजी र बायर्न म्युनिख तथा रियल म्याड्रिड र डोर्टमण्ड खेल्ने तालिका रहेको छ । अब क्वाटरफाइनलका खेलहरु शुक्रबार रातिदेखि शुरु हुने छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
