सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन् ।
नेपाल हाल अल्पविकसित मुलुकहरुको अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले यस बैठकको अध्यक्षता गरेका हुन् । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले गएराती विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओलीले आज स्पेन सरकारका अध्यक्ष पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यवद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आज नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायू वित्तिय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तालिका रहेका छन् ।
त्यस्तै आज प्रधानमन्त्री ओलीले नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्ट तथा आजै थिम आधारित राउण्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन) मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै आज प्रधानमन्त्री ओलीको स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्ने रात्री भोजमा सहभागि हुने कार्यक्रम रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
