काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभामती रामहरी खतिवडाले निजामती कर्मचारी विधेयकमा भएको हेरफेर बारे छानबिन गर्न आफु तयार रहेको बताएका छन् ।
सभामुख देवराज घिमिरेसँग छलफल गरेपछि प्रतिक्रिया दिदै यस विषयमा छानबिन गर्नुपर्ने बताएका हुन् । उनले भनेका छन्- संसदको सर्वोच्चता कायम राख्ने पक्षमा छौ । आज सबै सेक्टरबाट जनप्रतिनिधिलाई बदनाम गराउने काम भएको छ, यस विषयमा मैले सभामुखको ध्यानाकर्षण गराएको छ । छानबिन गरौँ, के गर्नुपर्छ, मेरो गल्ति देखिएमा म तयार छु तर छानबिन गर्नुपर्छ ।’
यस विषयमा सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिसँग गरेको छलफल गरेका थिए । यस विषयमा माओवादी केन्द्रले समितिका सभाप[ति र सचिवको राजीनामाको माग गरेको छ भने नेकपा एमालेले पनि यस विषयमा दोषी कारवाहीको भागीदार हुनुपर्ने बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
