डा. मुकुल ढकालको रिटको सुनुवाई न्यायाधीशद्वय फुयाल र ढुंगानाको इजलासमा हुदै

काठमाडौँ । सर्वोच्च अदालतले डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिटको अन्तरिम आदेश सम्बन्धि सुनुवाई आज हुदैछ । 

यो रिट आज सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी तोकिएको छ ।

यस अघि असार १२ गते यो रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार १७ गते छलफलमा बोलाउने आदेश दिदै आजका पेसी तोकिदिएका थिए । 

डा. ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सो हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट दायर गरेका थिए । उनले रिटमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् । रिटमा उनले रास्वपाको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।

Sudina Shrestha

प्रकाशित: १७ असार २०८२, मंगलवार ११:१४