
काठमाडौँ । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ को समर्थन गर्ने सांसदलाई चुनावमा हराइदिने चेतावनी दिएका छन् । मस्कले हाल सिनेटमा रहेको सो बिलको पक्षमा मतदान गर्ने सांसदलाई आगामी निर्वाचनमा हराइदिने चेतावनी दिएका हुन् ।
मस्कले यो बिलको विरुद्धमा आफ्नो विरोध जारी राख्दै लेखेका छन्- ‘यस अघि सरकारी खर्च घटाउन अभियान चलाउने र त्यसको तुरुन्तै इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने हरेक कांग्रेस सदस्यले लाजले शीर झुकाउनु पर्छ ! यदि यो पृथ्वीमा मैले गर्ने अन्तिम काम केहि हुने छ भने त्यो उनीहरूलाई अर्को वर्ष चुनावमा हराउनु हुने छ ।’
रिपब्लिकन पार्टीले सिनेटबाट यसलाई पारित गराउन पूर्ण प्रयास गरिरहेको छ । केहि दिन अघि यो बिल सिनेटमा ५१-४९ मतले स्वीकृत भएको छ भने यो सिनेटबाट पारित हुने समय सीमा जुलाई ४ रहेको छ ।
डोनाल्ड ट्रम्पको बिग ब्युटिफुल बिलले सामाजिक कल्याणकारी कार्यक्रमहरूको कोष कटौती गर्ने र साथसाथै अमेरिकाको ऋण ३ ट्रिलियन डलरले बढ्ने आरोप लगाइएको छ । बिल पारित गराउन यी दिनहरूमा सिनेटमा म्याराथन बैठकहरू भइरहेका छन् ।
Sudina Shrestha
प्रकाशित: १७ असार २०८२, मंगलवार ११:०४
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
