सुर्खेत । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको बताएका छन् । सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशलाई पछि बताउँदै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका हुन् ।
उनले भने, ‘कर्णाली पछि परेको होइन, पारिएको हो । यो भाष्य बदल्न जरुरी छ । पछि पारिएको प्रदेशमा क्षतिपूर्तिसहितको विकास चाहिएको छ ।’ मुख्यमन्त्री शर्माले संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा राखिएको बताए ।
संघीयताले केही भएन भन्नेहरुले कर्णालीको परिवर्तन हेर्नसमेत सुझाए । उनले बजेट खर्च गर्नका निम्ति खर्च गर्ने कि परिणाम खोज्ने भन्ने विषयमा पनि समीक्षा गर्न आवश्यक रहेको बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-28
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
