
काठमाडौं । नेपाल शिक्षक महासंघले तोकिएको समय असार १५ गतेसम्म शिक्षा विधेयक अगाडि नबढेपछि पुनः आन्दोलनको चेतावनी दिएको छ ।
सोमबार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ- ‘त्यो सहमतिमा नेपाल शिक्षक महासङ्घसँग भएका विगतका सहमतिलाई सम्बोधन हुने गरी असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने भन्ने प्रतिबद्धता हस्ताक्षर भएको थियो तर सो प्रतिबद्धता अनुरुप २०८२ असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भएको छैन । यसबाट आम नेपाली शिक्षक-कर्मचारी सशंकित र आक्रोशित भएका छन् ।’
आन्दोलनरत शिक्षकहरुसँग गत बैशाख १७ गते ९ बुँदे सहमतिमा असार १५ गतेसम्म शिक्षा विधेयक पारित गर्ने बताइएको थियो । उक्त सहमति मन्त्रिपरिषद बैठक बसेर अनुमोदन गरिएको थियो । त्यसैगरी प्रतिबद्धता पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेका थिए ।
विद्यालय शिक्षा ऐन र सेवा सुविधाको माग गर्दै २९ दिन काठमाडौंको सडकमा शिक्षकले आन्दोलन गरेका थिए ।
महासंघले समितिले विगतका सहमतिहरू समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन ध्यानाकर्षण गराएको छ । महासंघले विधेयक पारित गराउन कुनै पनि खालको विलम्ब र षडयन्त्र भएमा महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ । साथै महासंघले अब हुने आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन सम्बन्धित सबैमा अपिल गरेको छ ।
pratikshya
प्रकाशित: १६ असार २०८२, सोमबार १५:४१
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
