काठमाडौँ । बलिवुड अभिनेता परेश रावलले हेरा फेरी ३ को विवाद समाप्त गर्दै फिल्ममा फर्किएको पुष्टि गरेका छन् ।
केही समयअघि मतभेदका कारण परेश रावलले फिल्म हेरा फेरी ३ छोडेका थिए । जसले फ्यानहरूलाई निराश बनाएको थियो । तर, अब अभिनेताले फिल्ममा फर्किएको पुष्टि गरेका छन् र सबैजना एकसाथ आउन र कडा परिश्रम गर्न चाहेको बताएका छन् ।
हिमांशु मेहताको पोडकास्टमा परेश रावललाई हेरा फेरी ३ सँग सम्बन्धित विवादको बारेमा गरिएको प्रश्नको जवाफ दिदै उनले फिल्ममा फर्किएको बताएका हुन् ।
फिल्म हेरा फेरी ३ को टिजर विवाद हुनुभन्दा पहिले नै छायांकन भइसकेको थियो । फिल्म हेरा फेरी ३ को टिजर विवाद हुनुभन्दा पहिले नै छायांकन भइसकेको थियो ।
परेश रावल हेरा फेरी ३ छोडेको घोषणा गरेपछि फिल्मको निर्माता समेत रहेका अक्षय कुमारले कानुनी सूचना पठाएका थिए । विवाद बढ्दै जाँदा, परेश रावलले फिल्मको साइनिङ रकम ५ प्रतिशत ब्याजसहित ११ लाख रुपैयाँ फिर्ता गरेका थिए । निर्माताहरूसँग कुरा गर्नुअघि परेश रावलले मिडियामा फिल्म छोड्ने निर्णयको घोषणा गरेका कारण पनि विवाद उत्पन्न भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-30
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
