
काठमाडौँ । नेपालले एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा शानदार शुरुवात गरेको छ । उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार सम्पन्न खेलमा नेपालले लाओसलाई ९-० गोल अन्तरले पराजित गरेको हो ।
यस खेलमा नेपालका लागि सावित्रा भण्डारी साम्बाले ५ गोल गरेकी छन् भने अनिता केसी, अनिता बस्नेत, रश्मी कुमारी घिसिङ र सरु लिम्बुले एक एक गोल गरेका थिए ।
यो जितसँगै नेपाली महिला फुटबल टिमको आफ्नो १००औं अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएको छ । पहिलो पटक लाओससँग खेलेको नेपाली महिला फुटबल टिमको इतिहासमा यो चौथो फराकिलो जित हो ।
नेपालले यसअघि २०१० मा अफगानिस्तानसँग १३–० तथा पाकिस्तानसँग १२–० को जित हासिल गरेको थियो भने २०२४ मा माल्दिभ्ससँग ११–० को जित हासिल गरेको थियो ।
फिफा वरियतामा नेपाल १००औं स्थानमा छ भने लाओस १०७औं स्थानमा छन् । त्यस्तै प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि नेपाली राष्ट्रिय महिला टिममा शानदार शुरुवात गरेका छन् । समुह एचमा रहेको नेपालले अब जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।
Sudina Shrestha
प्रकाशित: १६ असार २०८२, सोमबार ०९:५६
मानव धर्म सेवा समितिद्वारा २२औँ राष्ट्रिय धान दिवस भव्यताका साथ सम्पन्न

नेपालीलाई भारत उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिमा भारतले सघाउने

कस्तो छ आजको मौसम पूर्वानुमान ?

ठूलो पर्दामा बल्छी धुर्बे, ‘गोबर गणेश’ निर्देशन गर्दै

भुटानविरुद्ध रौनक श्रीवास्तवको शतक

सांसदलाई किर्ते गरियो, यो अक्षम्य अपराधको कारवाही इतिहास बन्ने गरी गर्नुपर्छ- चन्द्र भण्डारी
