क्लब विश्वकपः इन्टर मियामी पिएसजीसँग पराजित

काठमाडौँ । पिएसजी जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न नक आउट चरणको खेलमा इन्टर मियामीलाई ४–० गोल अन्तरले पराजित गर्दै पिएसजी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

पिएसजीको जितमा जोआओ नेभेसले २ गोल गरे भने एक गोल अचरफ हाकिमीले गरेका थिए । त्यस्तै एक गोल इन्टर मियामीका टोमास अभिल्सले गरेका थिए ।

अब पिएसजीले क्वाटरफाइनलमा बायर्न म्युनिखको सामना गर्ने छ । बायर्न म्युनिखले पनि ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४(२ गोल अन्तरले हराउदै क्वाटरफाइनलमा पुगेको छ । पिएसजी र बायर्न म्युनिखबीचको क्वाटरफाइनल खेल जुलाई ५ मा हुने छ ।

Sudina Shrestha

प्रकाशित: १६ असार २०८२, सोमबार ०९:५०