
काठमाडौँ । भारतको उत्तराखण्डको सिलई बन्द नजिकै पहिरो जाँदा नौ कामदार बेपत्ता भएका छन् ।
उत्तरकाशी प्रहरीले यमुनोत्री राष्ट्रिय राजमार्गको पालिगडबाट करिब ४-५ किलोमिटर टाढा सिलई बन्द नजिकै पहिरोका कारण ९ जना कामदार बेपत्ता भएको जानकारी दिएको छ । अहिले राहत र खोज तथा उद्धार कार्य भइरहेको उत्तरकाशी प्रहरीले जनाएको छ ।’
प्रहरीका अनुसार श्रम शिविर पहिरोको चपेटामा परेको थियो । शिविरमा १९ जना कामदार बस्दै आएका थिए । यीमध्ये दश जना कामदार सुरक्षित छन् र उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनास्थलमा उद्धार टोली पुगेको र गहन राहत र उद्धार कार्यमा संलग्न रहेको जानकारी दिएका छन् ।
pratikshya
प्रकाशित: १५ असार २०८२, आईतवार १४:०३
२०८२ असार १७ गते मंगलबार: आजको राशिफल

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका दुई समितिको बैठक बस्दै

पहिरोले सल्यान, रोल्पा, रुकुम र रसुवाका सडक अवरुद्ध

भारतको तेलङ्गानास्थित औद्योगिक क्षेत्रमा विस्फोट, ३४ जनाको मृत्यु

सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला
