काठमाडौँ । भारतको उत्तराखण्डको सिलई बन्द नजिकै पहिरो जाँदा नौ कामदार बेपत्ता भएका छन् ।
उत्तरकाशी प्रहरीले यमुनोत्री राष्ट्रिय राजमार्गको पालिगडबाट करिब ४-५ किलोमिटर टाढा सिलई बन्द नजिकै पहिरोका कारण ९ जना कामदार बेपत्ता भएको जानकारी दिएको छ । अहिले राहत र खोज तथा उद्धार कार्य भइरहेको उत्तरकाशी प्रहरीले जनाएको छ ।’
प्रहरीका अनुसार श्रम शिविर पहिरोको चपेटामा परेको थियो । शिविरमा १९ जना कामदार बस्दै आएका थिए । यीमध्ये दश जना कामदार सुरक्षित छन् र उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनास्थलमा उद्धार टोली पुगेको र गहन राहत र उद्धार कार्यमा संलग्न रहेको जानकारी दिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-29
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
