
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को राजनीतिमा सक्रिय रूपमा जोडिने घोषणा गरेकी छन् । स्व. मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यो घोषणा गरेकी हुन् ।
उनले एमालेको सदस्यता नवीकरण गर्दै पार्टीको राजनीतिक यात्रामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । ‘राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि मैले नेकपा (एमाले)मा रही राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यले पार्टी सदस्यता नवीकरण गरेको छु,’ उनले भनिन्, ‘म अब एमाले परिवारको एक सदस्यका रूपमा पुनस् जोडिएको छु र यसमा गर्व गर्छु ।’
भण्डारीले आफ्नो कुनै व्यक्तिगत महत्वाकांक्षा नरहेको उल्लेख गर्दै देश र जनताको हित नै आफ्नो मुख्य लक्ष्य रहेको बताइन् । ‘जननेता मदन भण्डारीले भन्नुहुन्थ्यो– जनता नै भगवान हुन्, र राजनीतिमा थकाइ भन्ने हुँदैन,’ उनले भावुक हुँदै भनिन्, ‘आज यहाँहरूका बीचमा उभिँदा मैले उहाँका ती भनाइहरूलाई स्मरण गरेको छु ।’
उनले राजनीतिक यात्राले आफूलाई धेरै कुरा सिकाएको र परिपक्व बनाएको बताउँदै भनिन्, ‘मदन भण्डारीका आदर्शलाई आत्मसात् गर्दै म समर्पित भावनाले अगाडि बढिरहेकी छु । यो यात्रामा मैले राजनीतिक उतारचढावबाट धेरै अनुभव प्राप्त गरेको छु ।’
Sudina Shrestha
प्रकाशित: १४ असार २०८२, शनिबार १९:२३
६ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान

गायिका एलीना अभद्र टिप्पणी गर्नेविरुद्ध साइबर ब्यूरोमा

नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

प्रधानमन्त्री र इजिप्टका प्रधानमन्त्रीबीच भेटवार्ता

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ