भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशनको तयारी गरेको छ ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाइएको भएपनि गत चैत २० देखि शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनले नतिजा प्रकाशन प्रभावित बनेको हो ।
बोर्डको शुक्रबार बसेको पहिलो चरणको बैठकले आजै नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशन बारे निर्णय लिन आज साँझ साढे ५ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । बोर्डले कुनै प्राविधिक त्रुटी नआए आजै नतिजा सार्बजनिक गर्ने तयारी गरेको छ ।
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए ।
यसअघि २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएपछि सबैलाई पुरक परीक्षा दिन पाउने अवसर दिइएको थियो । यस बर्ष परीक्षामा उतिर्ण प्रतिशत ७० पुर्याउने सरकारको लक्ष्य रहेको छ ।
कसरी हेर्ने नतिजा ?
राष्ट्रिय परीक्षा बोर्डले यस अघि नै सूचना प्रकाशित गरेर नतिजा हेर्ने बारे जानकारी दिएको छ । जस अनुसार एसएमएस, आइभीआर र वेभसाइटबाट नतिजा हेर्ने व्यवस्था मिलाइएको छ । बोर्डले नतिजा प्रकाशित गरेपछि निम्न प्लेटफर्मबाट नतिजा हेर्न सकिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
