
नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण आएको बाढीमा बेपत्ता भएकी ३२ वर्षिया कमला बलामीको खोजीकार्यको लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।
साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा घाईते भएका अशोक बलामीलाई उद्वार गरी उपचारको लागि काठमाडौतर्फ पठाइएको छ ।
सो घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरि ६५ जना सुरक्षा फौज उद्दारको लागि खटिएको छ । सो खोलाले पशुचौपायालगायत अन्य सामान बगाएको छ ।
pratikshya
प्रकाशित: १३ असार २०८२, शुक्रबार १३:३८
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रधानमन्त्रीसँग नवनिर्वाचित सीएनआई पदाधिकारीको छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनको असहमति

बीपीको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ- सभापति देउवा
